म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-५, पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो । “तत्कालीन जिविसले सुरु गरेको योजनाले निरन्तरता…