६ श्रावण २०८३, बुधबार | July 23, 2026

रौतहटबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ



रौतहट । सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराती हतियारको कारोवारी एकजना भारतीय नागरिक लाई एकथान पेस्तोल सहित  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया ३ असोगी टोल बस्ने बर्ष २१ को राहुल राम रहेका छन । उसको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन गौर नगरपालिका २ महादेव पटी टोलछेउ नेपाल भारत अन्तर्राष्ट्रिय सीमामा ३४४/५ सीमा स्तम्भ नजिकै सशस्त्र प्रहरीले राखेको छड्के चेक प्वाइन्टमा खटेको ड्युटी टोलीले आईतवार राती साढे १२ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको नम्बर नखुलेको आरोपी रामले चलाएको हिरो एचएफ डिलक्स मोटरसाईकल जाँच गर्दा टुलबक्स भित्र लुकाई राखेको उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका राम संगै मोटरसाईकलमा सवार अर्का एकजना भारतीय भने भारत तर्फ भाग्न सफल भएको थियो। एस्पी हुमागाईंका अनुसार मध्यरातमा बिना गोलीको हतियार मात्र नेपाल ल्याउनुको अर्थ कसैले अर्डर गरेर मगाएको हुनसक्छ अर्थात पक्राउ परेका भारतीय नागरिक राहुल राम हतियार कारोवारी हुनसक्छ । उसको साथबाट बरामद पेस्तोल, एकथान मोबाईल र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि आज जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरी बल रौतहटले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सशस्त्र प्रहरीका एस्पी हुमागाईंको सक्रियताले भारतीय सीमा क्षेत्रमा बिगतमा हुनेगरेको अबैध कारोबार, आपराधिक क्रियाकलापमा कमी आएको स्थानीयहरूले बताएका छन।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १२ : ११ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क