बुटवल । लुम्बिनी विकास कोषको नियतमाथि प्रश्न उठाउँदै निर्माण व्यवसायीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । कोषअन्तर्गतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिएर आलटाल गरेको भन्दै निर्माण व्यवसायीहरुले कोषमाथि प्रश्न उठाएका हुन् । संघीय सरकारबाट भुक्तानीका लागि विकास कोषलाई रकम प्राप्त हुँदा पनि त्यहाँ रहेका पदाधिकारीको स्वार्थ तथा आन्तरिक द्वन्दका कारण निर्माण व्यवसायीलाई अल्झाएर…