कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-५ सार्की टोलका बासिन्दालाई गर्मी याममा विद्युत्को सास्ती हुने गरेको छ । एघार परिवार बस्ने उक्त टोलमा अझै पनि विद्युत्लाइन विस्तार हुन सकेको छैन । विद्युत्लाइन विस्तार नभएपछि जोखिमयुक्तरुपमा छ सय मिटर परबाट सर्भिस तार तानेर स्थानीयले घरघरसम्म विद्युत् पुर्याएका छन् । “सर्भिस तार तान्दा निकै खर्च लाग्ने गरेको छ”, भरत सार्कीले…