काठमाडौं। नेपालस्थित पाकिस्तानी दूतावासले नेपाल–पाकिस्तान युवा परिषद् सँगको सहकार्यमा इलाम जिल्लाका माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ । गजुरमुखी धाम, माङसेबुङ गाउँपालिकामा आयोजित एक साधारण समारोहमा नेपालस्थित पाकिस्तानी राजदूत महामहिम अबरार एच हाश्मी, दूतावासका प्रथम सचिव मोहम्मद हारुन रसीद र नेपाल–पाकिस्तान युवा परिषद्का संयोजक ऋचुमणी लुइँटेलले प्रभावित परिवारलाई राहत सामग्री…