१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

पूर्वन्यायाधीशको निधन भएपछि सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

काठमाडौँ । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् । उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक कम भने हुने बताए ।