७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

कोहलपुरमा लागु औषध कारोबारे पक्राउ गर्न गोली प्रहार, घाइते एकजना सहित २ जना पक्राउ



कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीले लागु औषध काराबारेलाई पक्राउ गर्न गोली चलाएको छ । लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर र बाँके प्रहरीको टोली कोहलपुरको चप्परगौडी पुगे लगतै कारोबारेहरु भागेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घाइते अवस्थामा रहेका लागु औषध कारोबारे सुशील परियार र अर्का कारोबारे शरणबहादुर कार्कीलाई नियन्त्रणमा लिएको छ । घाइते परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएका प्रहरी निरक्षिक रुपेस बिस्ट र प्रहरी सहायक निरीक्षक बाल कृष्ण सन्जेल सहितको टोलिले गोली हानेर कोहलपुरको चप्पलगौंडीबाट घाइते परियार र कार्कीलाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए । परियार सहितको टोलि भाग्न खोजेपछि गोली चलाउनु परेको उनले बताए ।

परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ११ : ३० बजे

सुनको मूल्य तोलामा नौ सयले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता–चन्द्रप्रसाद ढकाल

काठमाडौं । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण

बाँकेका बिभिन्न स्थानबाट चोरी भएका ९ थान मोटरसाईकल बरामद, ४ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका नौ

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक