झापा । इतिहासमा परिवर्तन ल्याउने झापा विद्रोहको अग्रदस्तामा पुरुषको नाम देखिए तापनि त्यसलाई सफल बनाउन क्रान्तिकारी जोशका साथ प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न रहेका महिलाको चर्चा निकै कम हुने गरेको छ । आजसम्म विद्रोहका बारेमा लेखिएका किताब तथा लेखमा पनि महिलाको भूमिकाका बारेमा त्यति उल्लेख गरेको पाइँदैन । वास्तवमा झापा विद्रोहमा महिलाको योगदान पुरुषकोभन्दा कम नरहेको…