१८ असार २०८३, बिहिबार | July 3, 2026

महिला यु-१९ एसिया कप : नेपाल र भारत बीचमा खेल



काठमाडौं । मलेसियामा जारी महिला यु-१९ एसिया कपमा आज नेपाल र भारत बीचमा प्रतिष्पर्धा हुँदैछ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज बिहान ११ः४५ मा खेल सुरु हुनेछ । नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर-४ मा प्रवेश गरेको थियो ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन्भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् ।

टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् । यसमा उपकप्तानमा सोनी पाख्रिनसहित साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् ।

यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायतसमेत टोलीमा अटाएका छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ९ : ५२ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले