काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटअन्तर्गत सामाओविरुद्धको खेलमा नेपालले शानदार प्रदर्शन गर्दै २ सय १२ रनको विशाल लक्ष्य दिएको छ । ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मैदानमा सामोआले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रनको योगफल बनायो ।…