२५ भदौ २०८३, बिहिबार | September 10, 2026

आइपियु महासभामा भाग लिन राष्ट्रियसभा अध्यक्ष दाहाल हिँडे जेनेभा



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घ (आइपियु)को १५१औँ महासभामा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन् ।

राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सम्मिलित संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल आज बिहान जेनेभा प्रस्थान गरेका हुन् ।

यही कात्तिक २ गतेदेखि ६ गते ९अक्टोवर १९–२३० सम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्षले दाहालले ‘सङ्कटका समयमा मानवतावादी मान्यता र मानवतावादी कार्यलाई समर्थन’ विषयमा मन्तव्य प्रस्तुत गर्नुका साथै द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

आइपियु स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन् । शाह महिला सांसदहरूको मञ्चको बैठकमा पनि सहभागी हुनेछिन् ।

प्रतिनिधिमण्डल भ्रमण कार्यक्रम सम्पन्न गरी कात्तिक ९ गते आइतबार साँझ काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : ३२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,