तम्घास । गुल्मीमा आगलागीबाट ८३ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका-१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा लागेको आगोले ३७ घर र ४६ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट करोडौँका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी…