९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न नेपाल प्रहरीको आग्रह



काठमाडौं । नेपाल प्रहरीले अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न आग्रह गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘आपराधिक घटनाको समाचार सम्प्रेषण’सम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तक्र्रियामा अपराध अनुसन्धानका क्रममा रहेका घटनाको समाचार लेख्दा संयम बन्नुपर्नेमा जोड दिइयो ।

अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले आंशकाका भरमा कसैको सङ्लग्नताबारे समाचार सम्प्रेषण गर्दा भ्रम सिर्जना हुने भन्दै यस्ता प्रकृतिका समाचार सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने बताए ।

“तथ्यमा आधारित नभएका समाचार जथाभावी रुपमा सम्प्रेषण गर्दा आम जनताप्रति भ्रम सिर्जना भएको छ, यस्ता समाचार सम्प्रेषणमा विशेष ध्यान दिन जरुरी छ”, उनले भने । एआईजी तामाङले प्रहरीले आम जनसरोकारका विषय सञ्चारमाध्यमलाई प्रदान गर्दैै आइरहेको उल्लेख गरे ।

नेपाल प्रेस काउन्सिलका आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले काउन्सिलले प्रेस काउन्सिल ऐन २०४८ बमोजिम आचारसंहिता निर्माण गरी सञ्चारमाध्यमको अनुगमन गर्दै आइरहेको उल्लेख गरे । “जनशक्तिले भ्याएसम्म आचारसंहिता उल्लङ्घन गर्दै आएका सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले कारबाही गर्दै आइरहेको छ” उनले भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी शाखा अधिकृत शारदा चालिसेले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषणमा मन्त्रालयले काम गरिरहेको बताए । उनले सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्का निर्णयलाई आम जनतासमक्ष पु¥याउनका नियमित पत्रकार सम्मेलन गर्दै आइरहेको उल्लेख गरे ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मीले सूचना लुकाउँदा आम जनताको सुसूचित हुने हकको हनन हुने भएकाले समाचार दिँदा कन्जुस्याईँ गर्न नहुनेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ५ : ०९ बजे

भ्रष्टाचार नेपालको मुख्य समस्या, भ्रष्टाचार निर्मूल पार्न माओवादीको सरकार आवश्यक : प्रचण्ड

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

हुम्लामा हिमतालमा फुटेको स्थानमा एक साता पछि पुग्यो प्रहरी

काठमाडौं ।  हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान

बागलुङ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानमा हिँडेको माओवादी केन्द्रका अध्यक्ष

वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल