बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आएका छन् । हिजोदेखि यहाँ प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति पञ्चकोट आएका हुन् । पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका छन् । राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ आएका हुन् । पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन…