२१ भदौ २०८३, आइतबार | September 7, 2026

छाडा पशु चौपायाको नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने कार्यक्रम ल्याउछौंः मुख्यमन्त्री आचार्य



कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको समस्या समाधान गर्न दिर्घकालिन योजनालाई प्राथमिकतामा राखेको जनाएको छ । प्रदेश सरकारले अघि सारेको योजना अनुसार एकिकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्नेगरी कार्यक्रम तर्जुमा गरिने रहेका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले छाडा पशुचौपायाको समस्या समाधान गर्न समुदाय स्तरमा एकिकृत गौशाला निर्माण गरेर नश्ल सुधार गर्ने र उत्पादन क्षमता बढाउने सम्मका योजना अघि सारिने बताएका हुन् । बाणगंगा नगरपालिका–८ मधवुन कपिलवस्तु स्थित भागीरथी गौ–संरक्षण विकास केन्द्रको आइतबार अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले छाडा पशुचौपायाको दिर्घकालिन समस्या समाधान गर्नेगरी प्रदेश सरकारले नीति तर्जुमा गर्ने बताए । ‘उत्पादन दिन छाडेपछी पशुचौपायालाई छाडा छोड्ने समस्या बढ्दो छ । यसरी छाडिएका पशुचौपायाका कारण समुदायमा किसान र स्थानीयलाई हैरानी हुने, लगाएका खाद्यन्न, तरकारीबालीमा हानी नोक्सानी गर्ने, सडक दुर्घटना भएको अवस्था पनि छ’, उनले भने, ‘समुदायको परिचालन र सक्रियाताबाट छाडापशु चौपायाको नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण यो गौशालाले दिएको छ ।’

गौशालामा पालिएका पशुचौपायाबाट दुध उत्पादन बढाउन सकिने तथा गाईको गोवर, पिसाव संकलन गरेर प्राकृतिक मल बनाउन सकिने भएकाले यसखाले परियोजना सञ्चालन गर्न जरुरी रहेको उनले बताए । ‘यहाँहरुले थाल्ने नविनतम काममा प्रदेश सरकारले साथ दिन्छ । अहिले यहाँहरुले उठाएको सिंचाई र खानेपानीको समस्या समाधान गर्न आगामी बर्षको बजेट निर्माण गर्दा ध्यान दिन्छौं’, उनले भने, ‘समुदायको सक्रियताबाटनै रचनात्मक कामहरु गर्न सकिन्छ । प्रदेश सरकारले समुदाय परिचालनमा समेत जोड दिएको छ ।’

लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा छाडा पशुचौपायाको समस्या बढ्दो छ । हरेक जिल्लामा गौशाला समेत निर्माण गरिएका छन् । ति गौशालाको संरक्षण र विकास गर्दै छाडा पशु चौपायालाई पनि उत्पादन संग जोड्नेगरी प्रदेश सरकारले कार्यक्रम बनाउने तयारी गरेको हो । गौशालामा पालिएका गाईलाई पानी खुवाउन र भएको जमिनमा सिंचाई गर्न असुविधा भएको भन्दै बजेट विनियोजन गर्न भागीरथी गौ–संरक्षण विकास केन्द्रका अध्यक्ष चक्रबहादुर भण्डारीले मुख्यमन्त्री समक्ष अनुरोध गरेका थिए । हाल गौशालामा करिब एक सय ५० गाई, गोरु, बाच्छाबाच्छि पालिएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : ५७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त