काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्नुअघि पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरुको छुट्टै बैठक बस्ने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार पार्टीको नियमित महाधिवेशन स्थगन र विशेष महाधिवेशन घोषणा गरेपछि सभापति देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएर त्यसअघि आफु निकटको नेताहरुसँग छुट्टै बैठक बस्ने भएको हो । आफुले कार्यकारी भूमिका…