१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कांग्रेसले बोलायो कन्द्रीय कार्यसम्पादन समितिको बैठक



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार दिउँसो विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाको निर्देशनमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।

महाधिवेशन र विशेष महाधिवेशनको विषय चरमोत्कषमा पुगेका बेला कांग्रेसले शुक्रबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो। बिहीबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विशेष महाधिवेशनका लागि अगाडि बढेपछि सभापति शेरबहादुर देउवाले आज दिउँसो कार्यवाहक सभापति पूर्णबहहादुर खड्का, नेता शेखर कोइराला, मिनेन्द्र रिजाल, रमेश लेखक लगायतसँग छलफल गरेका थिए।

देउवाले भोलि बिहान आफू पक्षीय नेताहरूको बैठक बोलाएको उनी निकट स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ९ : ५४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित