७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

दलहरुबीच सहमति नजुट्दा कानुन समिति बैठक अझै सुरु भएन

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न सोमबार बिहानै बोलाइएको कानुन समितिको बैठक अझै सुरु हुन सकेको छैन । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सोमबार बिहान ७:४५ बजेका लागि बोलाइए पनि दलहरूबीच सहमति नजुट्दा बैठक सुरु नभएको बुझिएको छ । अहिले माओवादी र कांग्रेसबीच छलफल भइरहेको छ ।