बुटवल । रुपन्देहीका उद्योगी-व्यवसायी तथा विभिन्न सामाजिक संघ-सस्थाका प्रतिनिधिहरुले दशकौंदेखि स्थापित बुटवलको पुसे औद्योगिक प्रदर्शनी तथा महोत्सवलाई बलियो ब्राण्डका रूपमा जोगाएर अघि बढाउन रुपन्देही उद्योग सङ्घलाई सुझाव दिएका छन् । उनीहरूले प्रदर्शनी केवल व्यापारिक गतिविधि नभई बुटवल क्षेत्रको व्यावसायिक पहिचान र प्रतिष्ठासँग जोडिएको ब्राण्ड भएकाले यसलाई उच्चस्तरीय व्यवस्थापनसहित प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरे ।…