२ पुस २०८२, बुधबार | December 17, 2025

औपचारिक माध्यमबाट मात्रै रेमिट्यान्स पठाउन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा रेमिट्यान्स (विप्रेषण) रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो ।…