काठमाडौँ । बागमती प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपी राजमार्गको विकल्पको रुपमा 'महाभारत पर्यटन मार्ग' बनाउन जरुरी भइसकेको बताएका छन् । उनले गत असोज ११ र १२ गतेको बाढी, पहिरोले बनेपा-बर्दिबास वीपी राजमार्गको रोसीखोला र सुनकोसी खण्डमा ठुलो क्षति पुर्याएको भन्दै यस विपत्तिले सो राजमार्गको विकल्प खोज्न प्रेरित गरेको बताए…