१ पुस २०८२, मंगलबार | December 16, 2025

बर्दियामा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका-९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय अनिल शर्मा रहेको प्रहरीको भनाइ छ । बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको र घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।…