४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३९ वर्षीय चतुरमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ६ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।