३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

बालुवाटारमा सत्ता गठबन्धनका चार दलको बैठक

काठमाडौं । सत्ता गठबन्धन राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन जुटेको छ । गठबन्धन दलका नेताहरुबीच बालुवाटारमा छलफल सुरु भएको हो । अहिले कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । गएराति अबेरसम्म बसेको बैठकमा सहमति नजिक पुगेको बताइएको…