नेपालगन्ज । नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ नेपालले भूकम्प पीडितका लागि १५ लाख बढीको राहत सामग्री सहयोग गरेको छ । युवा संघको केन्द्रीय कार्यालय काठमाडौंबाट जाजरकोट पुगेको टोलीले जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई शुक्रबार १५ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका राहत सामग्री हस्तान्तरण गरेको हो । युवा संघका केन्द्रीय अध्यक्ष कृष्णकुमार बिश्वकर्मा,…