१२ आश्विन २०८३, सोमबार | September 28, 2026

भदौ ५ अगावै स्याउ नटिप्न आग्रह



कर्णाली । जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नं १-९ सम्मका सबै स्याउ बगैँचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ ।

पालिकाले जुम्लाबाट सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाडौं हुँदै देशका विभिन्न जिल्लाका सहरमा भदौ पहिलो साता अगावै निर्यात गर्न नदिने निर्णय गरेको अध्यक्ष मोतिलाल रोकायले जानकारी दिए ।

उनले भने, “भदौअघि नै टिप्न थाल्यो भने स्याउ परिपक्व नहुने, रङ नभरिने, उपभोक्ताले आवश्यक स्वाद प्राप्त नगर्ने, काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानले सोचेको मूल्य नपाउने कुरालाई गहन अध्ययन गरी तोकिएको मितिभन्दा अगाडि स्याउ सङ्कलन तथा निकासी गर्न रोक लगाइएको हो ।”

पालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत जगबहादुर बस्नेतले पालिकाको निर्णयानुसार भदौ ५ गतेअघि स्याउ बगैँचा धनीलाई स्याउ सङ्कलन र व्यापारीलाई निकासी नगर्न सार्वजनिक सूचना गरिएको बताए । उनका अनुसार भदौ ५ गतेपछि पालिकाको कृषि शाखा र सम्बन्धित वडाको सिफारिस लिएर मात्र स्याउ निकासी गर्न सार्वजनिक सूचनामार्फत सरोकारवालालाई जानकारी गराइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १० : ५६ बजे

सर्वोच्चद्वारा कर्णालीका सांसद राजकुमार शर्माको रिट खारेज, सांसद पद नरहने

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माले आफ्नो

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

दाङ । लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान

काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका

चोलेन्द्र प्रकरणबारे नेपाल बार – ‘न्यायालयमाथिको दबाब र प्रभाव डटेर सामना गर्छौं’

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति नेपाल बारको आपत्ति, ‘न्यायालयमाथिको दबाब र प्रभाव