बागलुङ । बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन-२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका-२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड-६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु…