काठमाडौं । द्विदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोली मलेसियासँग तीन रनले पराजित भएको छ । बिहीबार मलेसियाको बेयुमास ओभल मैदानमा भएको रोमाञ्चक खेलमा अन्तिम ओभरसम्म प्रतिस्पर्धा गरे पनि नेपाल लक्ष्य भेटाउन असफल रह्यो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया महिला टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल…