काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार भट्टराईलाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर राणाका अनुसार उनीविरुद्ध राहदानी ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ । सीआईबीका अनुसार भट्टराईले २०६८ सालमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा…