४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

मध्यपहाडी लोकमार्ग : धारापानी-झिनडाँडाखण्डमा स्तरोन्नति सुरु

म्याग्दी । धौलागिरि गाउँपालिका-७ धारापानीदेखि धारापानी-ताकम-शिवाङ-झिनडाँडासम्मको सडक स्तरोन्नति थालिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना सडकअन्तर्गत धौलागिरि गाउँपालिकाको धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेलको काम सुरु भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु पाँच करोड विनियोजन गरेको यस सडकका लागि रु २५ करोड बराबरको वहुबर्षीय ठेक्का लगाउन बजेटको…