७ कार्तिक २०८३, शनिबार | October 24, 2026

गोली चलेको २ दिन पछि प्रहरीलाई सूचना, पाल्पामा भरुवा बन्दुक सहित एकजना पक्राउ



पाल्पा । पाल्पा प्रहरीले भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । जिल्लाको रैनादेबी छहरा १ बाट एक थान भरुवा बन्दुक सहित स्थानीय ईश्वरे कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत ३ गते कुमालले घर नजिकैको जङ्गलमा भरुवा बन्दकु पड्काउँदा त्यसको छर्रा लागेर सोही स्थानका टोपबहादुर कुमाल सामान्य घाइते भएको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले इश्वरे कुमालको घरबाट एकथान बन्दुक, छर्रा तथा बारुद जस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाको २ दिन पछि थाहा पाएको प्रहरीले आज अपरान्ह बन्दुक सहित कुमाललाई पक्राउ गरेको हो । अनुसन्धानका लागि प्रहरी चौकी सर्देवा र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

बन्दुकको छर्रा घाँटीमा लाग्दा टोपबहादुर कुमाल सामान्य घाइते भएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ११ : १२ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको