काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो । दुई देशबीच पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले काठमाडौंबाट चिङदाओमा सिधा उडान सञ्चालन गरिएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उाले कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने…