७ आश्विन २०८३, बुधबार | September 23, 2026

‘इद-उल-अजहा’ त्याग, समर्पण र बलिदानको प्रतीक : कार्यवाहक राष्ट्रपति



काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद-उल-अजहा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

उनले खुसी, भाइचारा, सद्भाव, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रुपमा रहेको ‘इद-उल-अजहा’, पर्वले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिनुका साथै गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने उल्लेख गरेका छन । यो पर्व त्याग, समर्पण र बलिदानको प्रतीकका रुपमा पनि मनाइन्छ ।

कार्यवाहक राष्ट्रपति यादवले समाजमा समानताको भावनालाई पनि उत्तिकै बढावा दिने यो पर्व धार्मिकसँगै सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका छन । यसले समाजमा सामूहिकता, सहानुभूति र सहयोगको पवित्र भावनालाई प्रोत्साहित गर्ने उनको भनाइ छ । यो पर्वले हामीलाई आफ्नो सुख–दुःखलाई साझा गर्न र अभावमा रहेकालाई सहयोगका लागि सदैव तत्पर रहन पनि सिकाउने उनले बताएका छन ।

“आफ्नो धार्मिक, सामाजिक र सांस्कृतिक महत्वका कारण यो पर्वले हामीलाई एकजुटता र मानवताको उच्च मूल्यहरुलाई स्मरण पनि गराउँदछ । ‘इद-उल-अजहा’ले हामीलाई यो पनि सिकाउँदछ कि सही बलिदान त्यही हो जुन निःस्वार्थ भावले गरिन्छ र जसमा सबैको कल्याण निहित हुन्छ”, कार्यवाहक राष्ट्रपति यादवले उल्लेख गरेका छन ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको र विविधतामा एकता हाम्रो मौलिक पहिचान र विशेषता हो । कार्यवाहक राष्ट्रपति यादवले नेपालमा मनाइने पर्वहरुले समुदाय, समाज र मुलुकमा एकता, सद्भाव, भाइचारा, मेलमिलाप, अपनत्वभावलाई प्रोत्साहन गर्दै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन ।

उनले ‘इद-उल-अजहा’ पर्वले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सबल र सुदृढ गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्दै लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ८ : ०३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई