२९ भदौ २०८३, सोमबार | September 15, 2026

रुपन्देहीको शुद्धोधन गाउँपालिका बकुलीमा टिपरको तीव्र गति विरुद्ध स्थानीयको विरोध, केही समय सडक अवरुद्ध

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका-५ बकुलीमा नदीजन्य पदार्थ बोकेर आवतजावत गर्ने टिपरहरूको तीव्र गति र लापरवाहीपूर्ण सञ्चालनविरुद्ध स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीयका अनुसार नदीजन्य पदार्थ ओसारपसार गरिरहेको एक टिपरले तीव्र गतिमा ओभरटेक गर्ने क्रममा मोटरसाइकलमा सवार एक स्थानीयलाई जोखिममा पारेपछि विवाद उत्पन्न भएको हो। दुर्घटनाबाट जोगिन मोटरसाइकल चालक सडक छेउको कान्लातर्फ गएर ज्यान जोगाउन…