२३ माघ २०८२, शुक्रबार | February 6, 2026

आजदेखि गौतमबुद्ध विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान सुरु

काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ । भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । अहिले हप्ताको एकदिन उडान गरेर माग र निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या थप्दै लगिने उनले बताए…