७ आश्विन २०८३, बुधबार | September 23, 2026

मन्दिरबाट हराएकी बालिका मृत फेला



झापा । भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका-९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् । आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला आज दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् ।

खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताइन । रिजालका अनुसार शव फेला परेको स्थान घर र मन्दिरबाट पाँच सय मिटरको दूरीमा रहेको छ । उनको शव आजै अपराह्न ३ बजेतिर फेला परेको हो ।

बालिकाको शव फेला परेपछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पु¥याएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोसमेत जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ७ : १४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज