१९ माघ २०८२, सोमबार | February 2, 2026

बालिका बलात्कार घटनामा ‘एलओडी’ क्लबका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब ‘एलओडी’का सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । क्लबमा बालिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताइएको छ । पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ…