११ श्रावण २०८३, सोमबार | July 27, 2026

अब असोजसम्म गुड्दैनन् ग्रामीण सडकमा गाडी



ढोरपाटन । अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिकाअन्तर्गतका सडक ठप्प भएका छन् ।

तमानखोला र बोङ्गाखोलामा पानीको बहाव बढेपछि ग्रामीण सडक बन्द भएका हुन् । पालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा नं ६ को नर्जाखानी, पात्ले र भित्रीवन तथा वडा नं ५ को खुङ्खानी र थास्पुरी, वडा नं १ को स्याउला र पहिरागाउँ लगायतका दर्जन गाउँमा पुग्ने सडक कार्तिकसम्म बन्द भएका हुन् । कार्तिकसम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको स्थान सफा गरेपछि सडक सञ्चालनमा आउने छन् । दुई वर्ष अगाडिसम्म बुर्तिबाङबजारदेखि बोङ्गादोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपथ्र्यो, ढोरपाटन नगरपालिका-४ हुद्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेका छन् । अहिले पालिकाको केन्द्रदेखि वडा नं २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा याताया सञ्चालन हुन सक्दैन ।

वडा नं ३ को तमान गाउँ बुर्तिबाङदेखि खुङ्गा हुँदै सिधा यातायात सञ्चालन भए पनि पालिकाको केन्द्र बोङ्गादोभानदेखि भने हुन सक्दैन । बोङ्गाभोदानदेखि सबैभन्दा टाढाको गाउँ नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँचवटा मोटरेबल पुलको आवश्यक पर्छ भने, खुङ्खानी तीन, पहिरा तीनवटा, स्याउला र हिजा पुग्न एउटा पुल तर्नु पर्छ । अहिलेसम्म कुनै पनि स्थानमा पुल नबन्दा स्थानीय मर्कामा छन् । बोङ्गानीखोलामा दुई वर्ष अगाडिदेखि पुल निर्माण गर्न थाले पनि अहिलेसम्म सम्पन्न हुन नसकेको तमानखोलाका अध्यक्ष जोकलला बुढा मगरले बताए ।

निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा तमानखोलाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उहाँको भनाइ छ । नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङ्खानीघाट, खुङ्खानीबगर घाट र नर्जाबगर घाट गरि पाँच स्थानमा मोटरेल पुल निर्माण परे पनि अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनाउन नसकिएको अध्यक्ष बुढा मगर बताउँछन ।

वडा नं ३ को तमान, लाम्मेला गाउँ हुँदै म्याग्दी पुग्न ढोमई घाट र शेर्माखोला घाटमा पुल आवश्यक भए पन यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नं २ को बोङ्खानी, मुठाचौर लगायतका गाउँसम्म पुग्न बेसीघाट र बोङ्गानीघाटमा मोटरेबल पुल आवश्यक पर्ने उनको भनाइ छ ।

“बर्खा लाग्यो, अब यहाँका गाउँमा पुग्न सडक सबै बन्द भए, गाउँपालिकाको सबै वडामा पुग्न खोला पार गर्नुपर्छ, हिले खोलामा पानीको बहाव निकै बढेको हुँदा यातायातका साधान वारपार गर्न सक्दैनन्, हामीहरुले सबै गाउँ र बस्तीमा ढिलो चाँडो सडक त पु¥यायौँ, तर पुल बनाउन पालिकाको आर्थिक अवस्थाले नपुग्ने हुँदा निर्माण गर्न सकेका छैनौँ”, अध्यक्ष बुढा मगरले भने, “पुल निर्माणका लागि गाउँपालिकाको पूरै बजेटले पनि पुल बनाउन सकिँदैन, केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरि रहेका छौँ, सबै निकायसँग समन्वय गरी पुल बनाउने छौँ, अब असोजसम्म गाउँका सबै सडक बन्द हुन्छ ।”

तमानखोला-५ का भीमबहादुर सिर्पालीले गाउँमा सडक आए पनि बर्खामा सेवा लिन नपाएको गुनासो गर्नुभयो । पहिले-पहिले गाउँमा सडक नआउँदा हिँडेरै बजार पुग्ने गरेको भन्दै अहिले खोलाहरुमा पुल नबन्दा पहिलेको जस्तै हिँड्नुपर्ने उनी बताउँछन । गाउँमा नुन, चामल ल्याउनु परे घोडाखच्चडको प्रयोग गर्नुपर्ने स्थिति आएको सिर्पालीको भनाइ छ । उनले भने, “उतिबेला अहिलेको जस्तो यस्तो ठूला–ठूला सडक थिएनन्, साना गोरेटोबाटोमा हिँड्थ्यौँ, घोडाखच्चड पनि तिनै बाटोमा हिँड्थे, अहिले गाडीका लागि ठूलो पुल चाहियो, पहिला काठको पुल बनाएर खोला तथ्र्यौं, खोला तर्दा धेरैले ज्यानसमेत गुमाए, गाउँगाउँमा सडक पुगेपछि मान्छेले खच्चड पाल्न छाडे, बर्खामा त निकैको काम हुँदो रैछ ।”

स्थानीयवासी वीरबहादुर नेपालीले यो बेला गाउँमा कोही बिरामी परे मान्छेले नै बोकेर अस्पताल पु¥याउनुको विकल्प नभएको बताए । केन्द्र र प्रदेशका सांसद तथा मन्त्रीलाई बारम्बार पुल आवश्यक पर्ने ठाउँ बजेट विनियोजन गर्न आग्रह गरे पनि सुनुवाइ नभएको उनले गुनासो पोखे । घरै अगाडि सडक भए पनि हिउँदमा मात्रै प्रयोग गर्न पाइने उनको भनाइ छ ।

“दुई साता भयो, खोलामा गाडी तर्न छाडे, वारिका मान्छे वारि, पारिका मान्छे पारि भइयो, यो बेला गाउँमा मान्छे धरै बिरामी हुन्छन्, पानीमा रुज्दै भिज्दै काम गरेर होला अस्पताल पु¥याउन निकै समस्या हुन्छ, बोकैरै लैजानुपर्ने अवस्था हुँदा समयमा अस्पताल पु¥याउन सकिँदैन, त्यसले गर्दा बिरामीको ज्यान जाने खतरा पनि हुन्छ”, उनले भने, “खोलामा पुल बनेको भए अस्पताल पुग्न सजिलो हुने थियो, बिरामीले समयमै उपचार पाउने थिए ।” रासस

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ७ : ५५ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न