काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उनलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो । मन्त्री पुनले राष्ट्रपति भवनमा सपथ लिनुअघि आफूलाई खादा लिएर बधाई दिन नआउन र मन्त्री नभन्न सामाजिक सञ्जालमार्फत अपिल गरेकाले खादा, माला र फूलबाट स्वागत गर्न मन्त्रालयका कर्मचारीहरू हच्किएका थिए ।…