चितवन । नारायणगढ-मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा 'गाडी खसेको' सूचनापछि गोताखोरको टोली परिचालन गरिएको छ । इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुल नजिकबाट 'गाडी खसेको' भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दाले मंगलबार बिहान करिब ४ बजेतिर सडकबाट गाडी नदीमा खसेको बताएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल तामाङले ३…