काठमाडौं । काठमाडौं र दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौंको तार्केश्वर नगरपालिका–६ चिसापानिमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । चिसापानी बस्ने नुवाकोटको नौकुण्ठ गाउँपालिका–२ घर भएका ३३ वर्षीय पासाङ्ग लोप्चन तामाङको मृत्यु भएको हो । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङको ग्रिनसिटि अस्पताल सामाखुशीमा उपचारको क्रममा बिहीबार राति मृत्यु…