१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमाले केन्द्रीय कमिटी बैठक जारी : बाँकी ४ प्रदेश कमिटीको प्रतिवेदन पेश गरिने



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने छ । हिजो देखी सुरु भएको केन्द्रीय कमिटी बैठक भोली अर्थात बैशाख ३० गतेसम्म जारी रहनेछ ।

हिजो देखी सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफनो राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेश गरेका थिए ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टका अनुसार हिजो पेश गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ  । ‘आज गण्डकीबाट पदमा अर्याल, बाग्मतिबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशबाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गर्नेछन्,’ उनले भनेका छन, ‘उक्त प्रतिवेदनमाथी समुह विभाजन गरी छलफल गरिने भएको छ, समुह छलफल पछि प्रदेश अध्यक्षहरुले निष्कर्षका रुपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।’

उनका अनुसार हिजो सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कडेँल र निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले आ-आफनो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैगरी, मिसन ग्रास रुटका बारेमा पाँचवटा प्रदेश प्रमुखले प्रतिवेदन पेश गरेका थिए । जसअनुसार सुदुरपश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीबाट छविलाल विश्वकर्मा, मधेसबाट रघुवीर महासेठ र कोशी प्रदेशबाट राजेन्द्र गौतमले आ-आफनो प्रदेशको रिर्पोट प्रस्तुत गरेका थिए ।

बाँकी रहेका प्रदेश कमिटीहरुले आज आ-आफनो प्रतिवेदन पेश गर्नेछन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ०१ बजे

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित