५ श्रावण २०८३, मंगलबार | July 21, 2026

एमाले केन्द्रीय कमिटी बैठक जारी : बाँकी ४ प्रदेश कमिटीको प्रतिवेदन पेश गरिने



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने छ । हिजो देखी सुरु भएको केन्द्रीय कमिटी बैठक भोली अर्थात बैशाख ३० गतेसम्म जारी रहनेछ ।

हिजो देखी सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफनो राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेश गरेका थिए ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टका अनुसार हिजो पेश गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ  । ‘आज गण्डकीबाट पदमा अर्याल, बाग्मतिबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशबाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गर्नेछन्,’ उनले भनेका छन, ‘उक्त प्रतिवेदनमाथी समुह विभाजन गरी छलफल गरिने भएको छ, समुह छलफल पछि प्रदेश अध्यक्षहरुले निष्कर्षका रुपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।’

उनका अनुसार हिजो सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कडेँल र निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले आ-आफनो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैगरी, मिसन ग्रास रुटका बारेमा पाँचवटा प्रदेश प्रमुखले प्रतिवेदन पेश गरेका थिए । जसअनुसार सुदुरपश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीबाट छविलाल विश्वकर्मा, मधेसबाट रघुवीर महासेठ र कोशी प्रदेशबाट राजेन्द्र गौतमले आ-आफनो प्रदेशको रिर्पोट प्रस्तुत गरेका थिए ।

बाँकी रहेका प्रदेश कमिटीहरुले आज आ-आफनो प्रतिवेदन पेश गर्नेछन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ०१ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ