१४ माघ २०८२, बुधबार | January 28, 2026

बाँकेको राप्ती तटका बासिन्दा डुङ्गाकै भरमा

बाँके । बाँकेको राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेको छ । त्यही भङ्गालो तर्न राप्तिपारीका स्थानीयले दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको छ । खल्ला झगडिया, कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुङ्गा चढेर जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ ।…