२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

प्रदिप ज्ञवालीको व्यंग्य- द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो



रोल्पा । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् ।

एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश बर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि बिनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् । ‘दश बर्षसम्म चलेको द्वन्द्वले क्रान्ती सफल गरेन,’ उपमहासचिव ज्ञवालीले भने, ‘जनताको अवस्था फेरिएन । नेताको मात्रै जीवन स्तर उकासियो ।’

उनले क्रान्तीको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए । सुन तस्करीको प्रसङ्ग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गरे । ‘दश बर्ष द्वन्द्व के नेता र नेताका छोराले सुन  तस्करीको लाइन मिलाउन थियो,’ उनले भने, ‘द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर ब्यंग्य गर्नेबेला आयो । यो बिडम्बना हो ।’

एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको गठबन्धन विदेशीको इशारामा नभएको बताइन् । काग्रेस(माओवादी गठबन्धनले मुलुक चौपट भएकाले देशको सम्बृदिका लागि एमाले र माओवादीको गठबन्धन बनेको बताइन् ।

सत्रले एमाले रोल्पाको नयाँ जिल्ला कमिटीको अध्यक्षका लागि अमृत घर्ती,घनश्याम आचार्य,शान्तकुमार वली र रोशन वलीले दाबेदारी प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ५ : ४२ बजे

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको ‘घेवा’मा सहभागी

बेत्रावती । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र

आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जरिवाना

काठमाडौं । आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल