काठमाडौं। एसिसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधिका लागि यूएईले नेपाललाई सामान्य लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले ३३.१ ओभरमा १० विकेट गुमाउँदै ११७ रन बनाएको छ । युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाए । ओपनर आर्यान लाक्राले २८ बलमा…