काठमाडौं । मंगलबार २०७२ सालको भूकम्पको आठ वर्ष पूरा भएको छ । वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो । राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार सो भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते…