बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा आएको बताएका छन् । विदेशी शक्ति केन्द्रको आडमा गणतन्त्र बिरोधीहरु चलखेल बढेको अध्यक्ष केसीको भनाइ छ । शनिबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् वैठक उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले भने - अहिलेको अवस्थामा गणतन्त्रलाई बचाउनुको विकल्प छैन । नेपालमा…