२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा-१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका-४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो । कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए ।…