लुम्बिनी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आउँदै छन । नेपालको औपचारिक भ्रमणमा रहेका उनी आज बिहान पर्यटकीय नगर पोखराबाट लुम्बिनी आउन लागेका हुन । महासचिव गुटेरेस अहिले बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमा बिहान लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको छ । हेलिकोप्टरमा लुम्बिनी पुगेपछि महासचिवलाई चार नम्बर गेटबाट गाडीमा शान्ति दीपमा लगिने…