काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट मुख्यमन्त्री बनेका उनले माओवादी केन्द्रको असन्तुष्टिकै बीच मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा बाणिज्यमन्त्रीमा महेशप्रसाद यादव, सामाजिक विकासमन्त्रीमा सुनीताकुमारी साह, गृह तथा सञ्चारमन्त्रीमा सत्रुधनप्रसाद सिंह, खानेपानी…